मोरङबाट दुई जना नक्कली भारतीय डाक्टर पक्राउ

मोरङको विराटनगरबाट दुई जना नक्कली डाक्टर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट इजाजत पत्रसमेत प्राप्त नगरेका व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने दुवै जना भारतीय नागरिक हुन्।भारतको पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला रानिगन्ज पानसाली पन्चायतका २७ वर्षीय पर्सनजित बर्मन र पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल रहेका छन्।

मोरङ पथरी शनिश्चरे नगरपालिका १ फिलिम हल लाइनमा राम पाइल्स क्लिनिक र सुन्दरहरैँचा नगरपालिका ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सन्चालन गर्ने व्यक्ति पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनीहरुले डाक्टर हुँ भनि औषधि उपचार गर्ने गर्दै आएका थिए। ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ।

Leave a comment

Your email address will not be published.