बुटवलको एक सुनचाँदी पसलबाट पाँच करोडका गहना र पाँच लाख नगद चोरी

बुटवलको बिपी चोकमा रहेको एक सुनचाँदी पसलमा गएराति चोरी भएको छ। पसलबाट तीन सय ८३ तोला सुन र नगद पाँच लाख रुपैयाँ चोरी भएको पसल सञ्चालकले दाबी गरेका छन्।

स्थानीय नन्दराम सुनारको सुनचाँदी पसलबाट झण्डै पाँच करोड रुपैयाँ मूल्यबराबरको गरगहना र पाँच लाख रुपैयाँ नगद चोरी भएको हो।

पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले जानकारी दिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘त्यसका लागि सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान गरिरहेका छौँ, रूपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भने।

स्थानीय योगेन्द्र अग्रहरिको घरमा सञ्चालित सुनमा चोरी भएको हो। सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले गएराति भएको चोरीको घटना रूपन्देहीमा अहिलेसम्मकै ठूलो भएको बताए।

Leave a comment

Your email address will not be published.