निर्वाचन आयोगले ७२ जिल्लाका लागि मतपत्र छापिसकेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएको हो।
यस्तै आयोगले ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरेको छ। बाँकी मतपत्र पनि क्रमशः छपाइ र ढुवानी भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको बताए। यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ७, उपप्रमुखमा २ हजार १ सय ६, उपाध्यक्षमा २ हजार ४ सय १ जना छन्।
वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उनले जानकारी दिए।
उनले भने, ‘निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ः३० बजेसम्म कम्युटरमा प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ।
जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ७, उपप्रमुखमा २ हजार १ सय ६, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ।’