जिउँदै मान्छेलाई इँटाभट्टामा जलाएको आरोप लागेका आलमको मुद्दा हेर्दाहेर्दैमा

नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्दाहेर्दैमा परेको छ । शुक्रबार न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीले उनको मुद्दा हेरेका थिए ।

आलमको मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइनेमा परेको थियो ।

२७ चैत ०६४ मा संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा बुथ क्याप्चर गर्ने उद्देश्यले बम बनाउँदै गर्दा विष्फोट भएपछि घाइते भएकालाई आलमको निर्देशनमा जिउँदै इँटाभट्टामा हालेर हत्या गरिएको आरोप लागेको छ ।

२०६४ को संविधानसभा चुनावताका आलमले इटाभट्टामा मान्छे जलाएको, विष्फोटक पदार्थ संकलन गरेको अभियोगमा रौतहट जिल्ला अदालत र उच्च अदालत वीरगञ्जले उनलाई थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला र उच्चको आदेशविरुद्ध आलम मंसिर २०७७ मा सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए । उनलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको थियो ।

Leave a comment

Your email address will not be published.