टिंकर भिरमा सडक बनाउँदै सेना,सेनाको यो माहान कार्यलाई सबैले एक-एक लाईक गरौँ

नेपाली सेनाले दार्चुला–टिंकर सडक खण्ड निर्माणको कार्य अगाडि बढाइरहेको छ।

गएको २०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला–टिंकर सडक (कोठेधार–टिंकर खण्ड) को ७५ किलोमिटर सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान गरिएको थियो।

सोही अनुरुप २०७७ वैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आर्थिक वर्ष ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण गरी सडक निर्माण कार्य अगाडि बढाइरहेको छ।


साथै, गत २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी–कोठेधारसम्मको ४ किमी ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई दिइएको छ। सो खण्डको निर्माण कार्यसमेत सञ्चालन भइरहेको सेनाले जनाएको छ।

सेनाका अनुसार सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा–तुषारपानी (३ किमि सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थै देखि तुषारपानी खोलासम्म १.५ किमि ट्रयाक सडक विभागबाट पुनः खोलिएको थियो।

बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडी बढ्न नसकेको हुँदा, नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिनको लागि, मिति २०७८र१२र१८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले पीसी२२० एक्साभेटर पुर्‍याएको थियो।

लक्ष्य बमोजिमको प्रगति हासिल गराउनको निमित्त नेपाली सेनाद्वारा ‘मल्टिपल एप्रोच’ बाट ‘पीसी१४० एक्साभेटर’ तथा मध्यम उपकरणहरु तैनाथ गर्न आवश्यक देखिएकोले पूर्वस्वीकृत योजना अनुरुप मिति गत वर्ष वैशाख ८ गतेबाट ११ गतेसम्म ‘पीसी१४० एक्साभेटर’ मार्फत ३ गोटा कम्प्रेसर (तुषारपानी–कोठेधार–२, दुम्लिङ्ग–१) तथा २ गोटा एमआई–१७ हेलिकोप्टर’ (माल–१, दुम्लिङ्ग–१) ढुवानी गरिएको नेपाली सेनाले जनाएको छ।

Leave a comment

Your email address will not be published.