सामाजिक सञ्जाल साइट ट्वीटर खरिद गर्न विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले कम्पनीको करिब ४ अर्ब डलरबराबरको सेयर बिक्री गरेका छन्।
केही समयअघि मस्कले गरेको ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने प्रस्ताव ट्वीटरको सञ्चालक बोर्डले पारित गरेको थियो।
अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले दिएको जानकारीअनुसार मंगलबार र बुधबार मस्कले टेस्लाको ४४ लाख कित्ता सेयर बिक्री गरेका हुन्। यससँगै अब मस्कलाई ट्वीटर किन्न आवश्यक रकम पुग्ने अनुमान गरिएको छ।
मस्कले टेस्लाको सेयर बेचेको समाचार सार्वजनिक भएसँगै शुक्रबार ट्वीटरको सेयरको भाउमा उल्लेख्य गिरावट देखिएको थियो।
यो समाचार सार्वजनिक भएसँगै मस्कले अब टेस्लाको थप शेयर बिक्री नगर्ने बताएका छन्।
गत नोभेम्बरमा मस्कले आफ्ना समर्थकहरुसँग ट्वीटरमा प्रतिक्रिया लिएर टेस्लामा रहेको १० प्रतिशतको सेयर बिक्री गरेका थिए।