चुनावी रणनीति बनाउन बालुवाटारमा गठबन्धनको बैठक
स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका सत्ता गठबन्धनका दलहरूको बैठक अहिले बस्दै छ।
अहिलेसम्मका चुनावी गतिविधिका समीक्षा र आगामी रणनीति बनाउन गठबन्धनमा आबद्ध पाँच दलकाे बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्न लागेको हो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका छन्।
यसअघि उनीहरूले गठबन्धन बाहिरका दलसँग गरिएका तालमेल खारेज गर्ने तथा बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता गराउने अन्यथा कारबाही गर्ने निर्णय गरेका थिए।