काठमाडौं महानगरपालिकाका प्रमुख उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकण सोधेको छ।
उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपालखबरलाई जानकारी दिए।
हामीले कार्यक्रम चलाउने संस्था र नेशनल कलेज तथा काठमाडौं मेयरका उम्मेदवारसहितलाई स्पष्टीकरण सोधिएको छ’, उनले भने।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा स्थापितबारे यौन दुर्व्यवहारबारे प्रश्न सोधिएको थियो। उक्त प्रश्नलगत्तै स्थापित आक्रोशित भएका थिए।
सो कार्यक्रम सञ्चालन गर्ने संस्थासहित ३ पक्षलाई स्पष्टीकरण सोधिएको पौडेलले बताए।