स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण फेरि बढ्दैछ, सतर्कता अपनाऔँ

सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्णरुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।

ad
NepalKhabar
सोमबार १९ बैशाख, २०७९

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण फेरि बढ्दैछ, सतर्कता अपनाऔँ
स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण फेरि बढ्दैछ, सतर्कता अपनाऔँ

नेपालखबर
बैशाख १९ , काठमाडौँ
28
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing button
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्णरुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे। उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए।

उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको पनि बताए। सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए।

सहप्रवक्ता अधिकारीले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ। यो हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ। पहिलो लहरमा भारतमा संक्रमण्को उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ। दोस्रोमा दुई हप्ता र तेस्रोमा त्यो भन्दा पनि कम समयमा भोगेका थियौँ। अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ। अझ विशेष त पछिल्लो समय हामी आम सर्वसाधारणको व्यवहार, बुझाइ हे¥यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदै गएको छ।’

उनले थपे, ‘जनसंख्याको मापदण्डहरुको उल्लंघन बढी नै भएको देखिन्छ। भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको, भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ। हाम्रो निगरानी प्रणालीहरु हाम्रो जनस्वास्थ्यका मापदण्डहरु, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर यसलाई सुदृढ तरिकाले अगाडि लैजानुपर्छ भन्ने गरी नेपाल सरकारका सबै अवयवहरु लागेका छन्। त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिक विश्लेषण गर्ने र सबैसँग वकालत गर्ने बुझाउने सबै भुमिकाहरु बढाउनका लागि कामहरु अघि बढाइसकेको छ, हामीले संक्रमणको पहिलाका सबै अवयवहरु हेर्ने हो भने आम सर्वसाधारणको भुमिका नै सबैभन्दा बढी महत्वपूर्ण हुन्छ।’

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए। उनले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए। सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताए। समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताए।

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे। उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिए।

सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गरे।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरे। उनले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल गरे।

Leave a comment

Your email address will not be published.