कट्रिना कैफसँग बिहेपछि विक्की कौशलको जीवनमा के परिवर्तन भयो? पहिलोपटक बताए

अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ बलिउड फिल्म उद्योगका चर्चित जोडी हुन्।

दुवैले आफ्नो सम्बन्धलाई बिहेसम्म दुनियाँको नजरबाट लुकाएर राखेका थिए।

तर गत वर्ष उनीहरूले विवाह गरे। दुवैले सामाजिक सञ्जालमार्फत एकअर्काप्रति प्रेम व्यक्त गरिरहन्छन्।

तर अहिले विक्की कौशलले पहिलोपटक आफ्नी श्रीमती कट्रिना कैफको बारेमा कुरा गरेका छन्। उनले आफ्नी श्रीमतीबाट धेरै कुरा सिकेको बताएका छन्।

हालैको एक अन्तर्वार्तामा विक्की कौशलले आफ्नो व्यक्तिगत जीवनको बारेमा खुलेर कुरा गरेका हुन्। यस क्रममा उनले आफूलाई भाग्यमानी पनि भनेका छन्। विक्की कौशलले भने, ‘मेरो जीवनका हरेक पक्षमा कट्रिनाको ठूलो प्रभाव छ।

उनीजस्तो श्रीमती पाउनु भाग्यको कुरा हो, उनी अत्यन्तै बुद्धिमान र दयालु व्यक्ति छिन्। म हरेक दिन उनबाट धेरै कुरा सिक्छु।’

Leave a comment

Your email address will not be published.