बास बस्ने गरी चितवन जाँदै देउवा, गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

????????, ?? ??? ????? ??????????? ?.?. ????/???? ?????? ????????? ?????? ??????? ??? ????????? ?????? ????? ?????? ?????? ??????? ???????? ????? ?????????? ????? ?????? ?????? ????????????? ??? ???????????? ????????? ?????, ? ?????? ? ???? ???????, ????

प्रधानमन्त्री शेरबहादुर देउवा बास बस्ने गरी बुधबार चितवन जाने भएका छन्।

उनी बुधबार एक रात भरतपुरमै बास बस्ने गरी चितवन जान लागेका हुन्। भरतपुर महानगरपालिकाको प्रमुख फेरि नेकपा माओवादी केन्द्रको भागमा परेपछि कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर पार्न देउवा चितवन जान लागेका हुन्।

नेपाली कांग्रेस चितवनले पार्टी सभापतिसमेत रहेका देउवा बास बस्ने गरी जिल्ला आउने कार्यक्रम तय भएको पुष्टि गरेको छ।

जिल्ला उपसभापति राजीव न्यौपानेले प्रधानमन्त्री देउवा बुधबार साँझ भरतपुर पुग्ने जानकारी दिए।

प्रधानमन्त्री साँझ आइपुग्नुहुन्छ। यतै बस्ने गरी आउने भएकाले जिल्लाका नेता–कार्यकर्ताहरुसँग भेटघाट हुन्छ,’ उनले भने।

प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धनमा रहेका दलका जिल्ला नेतृत्वले पनि भेट्न सम्भावना छ। तर, उपसभापति न्यौपानेले भेटघाटको कार्यतालिका तय भइनसकेको बताए।

सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध उम्मेदवारी दिएर पार्टीको कारबाहीमा परेका उम्मेदवार जगन्नाथ पौडेल पनि सभापति देउवालाई भेट्न जाने संकेत गरे।

‘उहाँ हाम्रो सभापति पनि हो। उहाँलाई भेट्न पार्टीका विभिन्न नेताहरु पुग्छन्,’ उपसभापति न्यौपानेले भने, ‘उहाँबाट पार्टी केन्द्रको निर्देशन पालनाका लागि अपिल हुन सक्छ।’

भरतपुरको होटल सिराइचुलीमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता शंकर भण्डारीले पनि प्रधानमन्त्री देउवा बुधबार भरतपुर आउने बताएका थिए।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरको हाकिम चोकमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ।

बिहान ११ बजेबाट सुरु हुने सभालाई प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ।

चितवनको पाँच दलीय लोकतान्त्रिक गठबन्धनले चुनावी सभालाई कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने प्रचार गरिरहेको छ।

Leave a comment

Your email address will not be published.