गायक स्वप्न सुमनले बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।
विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।
२८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ
२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।
त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।