मतदाता परिचयपत्र हराएकाले पनि भोट दिन पाउने

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएकाले समेत भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने भएको छ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगले अहिले यसबारेमा ठोस निर्णय नगरेपनि अब यसबारेमा आवश्यक निर्णय हुन लागेको संकेत गरे।

मतदाता परिचयपत्र भनेको मतदान प्रयोजनका लागि बनेको हो। तर मतदाता परिचयपत्र हराएकाको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो।

त्यो समयमा निवेदन दिएकाको प्रतिलिपि पनि बनेको छ, त्यसआधारमा भैहाल्यो’, प्रवक्ता शर्माले भने, ‘मतपत्र हराएका नागरिकको हकमा विगतमा आयोगले निर्वाचनको २–३ दिनअघि आफ्नो परिचय खुल्ने कागजातका आधारमा दिने निर्णय गरेको थियो।

अहिले चाहिँ आयोगले निर्णय गरेको छैन। आशा गरौँ, त्यस्तो निर्णय हुन्छ होला।’

शर्माले २०७४ को भन्दा अहिलेको निर्वाचन कम खर्चिलो रहेको बताए।

Leave a comment

Your email address will not be published.