एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एमालेमा प्रवेश
नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।
आफ्नो उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादी त्याग्दै उनी पुरानो पार्टी एमालेमा फर्किएका हुन्।
स्मरण रहोस्, एकीकृत समाजवादी एमालेबाटै विभाजन भएर माधव नेपाल नेतृत्वमा बनेको पार्टी हो।
राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीमा स्वागत गरेका हुन्।