प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यक्ति प‘क्राउ !

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जा लमा लेख्ने दाङका एक जना

पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।तुलसीपुर उप महानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश

काफ्लेले बताए ।मेरी छोरीले चुनाव हारे देश दु,र्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामा जिक सञ्जालमा पोस्ट गरेपछि बुढालाई जिल्ला प्रहरी

कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसी पुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र

तुलसीपुर आउने कार्यक्रम रहेको छ । बुढामाथि विद्युतीय करोबार ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ

Leave a comment

Your email address will not be published.