बालेन झण्डै दाेब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

५ हजार ९ सय ८३ मतगणना हुँदा बालेनले २ हजार २ सय ३८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १२ सय १९ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहको खातामा अहिलेसम्म १ हजार ८१ मत परेको छ ।

बालेन स्थापित भन्दा १ हजार १९ मतले अगाडि छन् ।

स्थापित र सिर्जनाको मतान्तर १ सय ३८ छ ।

Leave a comment

Your email address will not be published.