भरतपुरमा लफडा, एमाले प्रतिनिधिले गणनास्थल छाेडे

चितवनकाे भरतपुर महानगरमा मतगणनाका क्रममा विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् ।

कस्ताे मतलाई सदर र कस्ताेलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् ।

हिजाे मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएकाे थियाे ।

तर, आज एमालेकाे चुनाव चिह्नमा परेकाे मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएकाे भन्दै आफूहरूले मतगणना बहिष्कार गरेकाे एमालेका प्रतिनिधिहरूले बताएका छन् ।

विवाद समाधानका लागि सर्वदलीय बैठक बसिरहेकाे छ ।

Leave a comment

Your email address will not be published.