धादिङ : गल्छी गाउँपालिकामा एमाले ७८३ मतले अगाडि

धादिङको गल्छी गाउँपालिकामा एमालेले एकीकृत समाजवादीका उम्मेदवारलाई ७८३ मतले पछि पारेको छ।

एमालेका केदारथान खतिवडाले २४ सय ४९ मत ल्याउँदा समाजवादीका कृष्णहरि श्रेष्ठले १६ सय ८७ मत मात्रै ल्याएका हुन्।

उपाध्यक्षमा पनि एमाले नै अगाडि देखिएको छ। एमालेकी राधा लामिछानेले २१ सय १९ मत ल्याउँदा कांग्रेसका भाइकाजी तिवारीले १९ सय ८७ मत ल्याएका छन्।

यस गाउँपालिकाको वडा नं १, २, ३ को मत परिणाम आइसकेको छ।

जसमा १ र २ वडाको अध्यक्षमा एमाले विजयी भएको छ भने ३ नं वडामा माओवादी केन्द्र विजयी भएको छ।

Leave a comment

Your email address will not be published.