काठमाडौं : दुईवटा वडामा मतगणना सकिँदा बालेन ३५५५ मतले अगाडि

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायम राखेका छन्।

मतगणना सुरु भएदेखि नै अग्रता कामय राखेका शाहले पछिल्लो मतपरिणाम अनुसरा ७ हजार ६ सय ९३ मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार १ सय ३८ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ६ सय २० मत प्राप्त गरेकी छिन्।

निकै चासो र चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। राष्ट्रिय सभागृहको ६ वटा स्थलबाट मतगणना भइरहेको छ।

वडा नं १ र २ को अन्तिम मत परिणाम आइसकेको छ। यहाँ ३, ४, ३१ र ३२ नं वडाका मतगणना जारी छ।

Leave a comment

Your email address will not be published.