काठमाडौं अपडेट : बालेनलाई पछ्याइरहेका स्थापित ४ हजार बढी मतले पछाडी

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। निकै रोचक बन्दै गइरहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको २३ हजार २ सय ६८ मत गणना भइसकेको छ। जसमध्ये स्वतन्त्र उम्मेदवार बालेन शाहले ८ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।

त्यस्तै, एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ४ हजार ८ सय २ मत पाएका छन्। बालेनलाई पछ्याइरहेका स्थापित ४१५६ मतले पछाडि छन्।

कांग्रेसकी सिर्जना सिंहले ४१९३ मत पाएकी छन्।

सर्वाधिक चासो र चर्चाको केन्द्रमा रहेको काठमाडौंमा वडा नं १ र २ को पूर्ण परिणाम सार्वजनिक भइसकेको छ। यहाँ ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

Leave a comment

Your email address will not be published.