सामाजिक संजालमा माल्भिका सुब्बाको विरोध, चल्यो अनफलो अभियान

काठमाडौं। पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्।

सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको छ।

सार्वजनिक भिडियो अनुसार सुस्मिता रेग्मी नाम गरेकी युवतीले आफूमाथि यौनहिंसा भएको विषय माल्भिका सुब्बालाई सुनाएकी थिइन्। माल्भिका महिला हिंसाको विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

तर ती महिलालाई भने माल्भिकाले सहयोग नगरेको उनको गुनासो रहेको छ। आफूलाई यो विषयमा कुनै चासो नभएको माल्भिकाले उत्तर दिएको ती पीडित भनिएकी महिलाको भनाइ छ।

सुस्मिताले आफ्नो टिकटक तथा इन्स्टाग्राममा माल्भिकाले असहयोग गरेको विषय र कसरी यौन हिंसामा परिन् भनेर खुलाएकी छिन्।

यतिबेला माल्भिकालाई टिकटक, युट्युब र फेसबुकमा तुच्छ भाषामा आलोचना गर्न थालिएको छ।

उनलाई सामाजिक संजालमा अनफलो गर्नुपर्छ भन्ने अभियान नै सुरुवात भएको छ।

Leave a comment

Your email address will not be published.