बलात्कारविरुद्ध काठमाडाैंमा फेरि चर्कियाे आन्दाेलन (तस्वीरहरू)

सौन्दर्य प्रतियोगिताका आयोजकबाटै बलात्कार भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । ८ वर्षअगाडि भएको घटनाबारे पीडित युवतीले हालै मुख खोलेपछि यो विषय अहिले बहसमा उत्रेको छ ।

पीडित भनिएकी युवतीले सामाजिक सञ्जालबाट आफूमाथि भएको अपराधको नालीबेली खोलेकी छन् ।

यो विषयले संसदमा समेत प्रवेश पाइसकेको छ भने सभामुख अग्नि सापकोटाले घटनाको छानबिन गर्न सरकारलाई रुलिङ गरिसकेका छन् । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान अगाडि बढाइसकेको बताएको छ ।

पीडित युवतीलाई न्याय दिन माग राख्दै आन्दोलन पनि चर्केको छ । शुक्रबार प्रधानमन्त्री निवासअगाडि प्रर्दशन गरिएको थियो भने आज काठमाडौंको माइतीघरमा नारा लगाइएका छन् ।

ढिलो गरी सार्वजनिक भएको यो घटना अब कानुनी प्रक्रियामा लैजान मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएका बेला बलात्कार घटनाको हदम्याद हटाउन भन्दै प्रदर्शन चर्किन थालेको हो ।

हेरौँ तस्वीरहरू

Leave a comment

Your email address will not be published.