काठमाडाैंकाे मतगणना अन्तिम चरणमा, कसले कति भाेट पाए ?

काठमाडौं महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् ।

बिहीबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।

Leave a comment

Your email address will not be published.