पोखराबाट जोमसोम जाने क्रममा आइतबारदेखि बेपत्ता भएको तारा एयरको विमान भेटिएको स्थलमा प्रहरी र सेनाको टोली पुगेको छ।
हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली भर्खरै घटनास्थलमा पुगेको हो।
यार्सा टिप्न पुगेको टोलीले विमान देखेपछि फोटोसहित सुरक्षाकर्मीलाई खबर गरेका थिए। लगत्तै, नेपाल प्रहरी, सेना लगायतको टोली त्यहाँ पुगेको हो।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी हिमशृङखलाको फेदमा विमान भेटिएको खबर यार्सा टिप्न जानेहरुले सुरक्षाकर्मीलाई गराएका थिए।
अहिले त्यहाँ छरिएर रहेका शवहरु संकलनको काम जारी छ।