कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ? (तस्बिरहरु)

कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ ।

‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

Leave a comment

Your email address will not be published.