बालेनले गरे फेरी अर्को कमाल,,काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताएका थिए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका हुन् । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने महानगरले जनाएको छ ।

यो खबर रातोपाटीमा प्रकाशित छ।

Leave a comment

Your email address will not be published.