कैलालीमा दुई दिन टिकेन माओवादी-एमाले सहमति, गठबन्धनमै फर्कियो माओवादी

दुई दिन अगाडि मात्रै कैलाली जिल्ला समन्वयन समिति(जिसस)मा गठबन्धन बाहिर गई नेकपा एमालेसँग लिखित सहमति गरेको नेकपा माओवादी केन्द्र पुनः गठबन्धनमै फर्किने भएको छ।

शनिबार बिहान बसेको गठबन्धनको बैठकको बैठकपछि गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले जिससमा पनि गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेका हुन।

कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए।

जिससमा गठबन्धनलाई नै निरन्तरता दिने हस्ताक्षरसहितको सहमति भइसकेको छ। प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउँने सहमति भएको छ,’ भट्टले नेपालखबरसँग भने, ‘समाजवादी र हाम्रो बीचमा अलिकति सहमति हुन बाँकी छ। अरु कुरा मिलिसक्यो।

Leave a comment

Your email address will not be published.