कान्तिपुर हाफ म्याराथन ५ कि.मि तर्फ धावक गोर्खा ट्रेडिङ्ग सेन्टरका रितेष वलिले तेस्रो स्थानमा हासिल गर्न सफल

२०७६ सालमा स्थापना भएको हाम्रा अध्यक्ष अजय तामाङ र विक्रम बिशुन्खे,शुर्दसन गौतम साथै राम शरण द्वारा आयोजित धवाक गोर्खा तालिम केन्द्रले तपाईंको सपनालाई यथार्थमा परिणत गर्न पक्कै पनि मद्दत गर्छ भन्ने प्रमाणित गर्न कोशिस गर्दै आएको छ। ५० जनाको न्यून सङ्ख्यामा सुरु भएको धावकले यसअघि नै धेरै माथि र तलको अनुभव लिइसकेको छ।

छोटो अवधिमा, संख्या, गुणस्तर र लगभग हरेक पक्षमा वास्तविक उपलब्धिको पहिलो झलक। प्रत्येक वर्ष आकार वा मात्रामा मात्र होइन, राम्रो र स्वस्थ अनुभवहरू संकलन पनि भयो। अर्कोतर्फ शिक्षा शिक्षक पीटीआई गुरुजी र व्यवस्थापन टोली पक्कै पनि हरेक विचित्र र उपलब्धिको क्षणको अभिन्न अंग रहेको छ र अझ महत्त्वपूर्ण कुरा तिनीहरूले हाम्रो यात्रामा ओडिसीको भूमिका खेलेका छन्। हाम्रो उपलब्धिमा यो योगदान अमिट छ र यदि यो जारी रह्यो भने हाम्रो अन्तिम लक्ष्य अपरिहार्य छ।

धवक गोर्खा तालिम केन्द्र : हामीले शारीरिक तालिमका साथै पूर्व सेना तालिम पनि दिइरहेका छौं, शारीरिक तन्दुरुस्तीमा पनि ध्यान दिइरहेका छौं । हामी कुनै शंका नगरी शहरमा उत्कृष्ट प्रशिक्षण प्रदान गर्दछौं। थप जानकारीको लागि तपाईले हाम्रो कार्यालयमा जान सक्नुहुन्छ। हामीले बेलायती सेना, सिंगापुर प्रहरी, भारतीय सेना र नेपाली सेनालाई तालिम दिइरहेका छौं ।

अब कुरा रितेष वलिसङ्ग

रितेश वलि:सर्बप्रथम त म मेरो संस्था धावक गोर्खा तालिम केन्द्र लाई धेरै-धेरै धन्यवाद दिन्छु र साथै कान्तिपुर हाफ म्याराथन आयोजना गर्नु हुने सम्पुर्ण परिवारलाई पनि धेरै-धेरै धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

यति धेरै शारीरिक रुपमा तन्दुरुस्त हुनुको कारण के हो:

हुन त म अहिले बेलायती सेनामा भर्ती हुनको लागि पूर्व प्रशिक्षण गरिराको छु साथै पि.टि.आईको भुमिका पनि निर्वाह गरिरको छु त्यस्ले मेरो नियमित रुपमा तन्दुरुस्त बन्न सहयोग गरिराको छ साथै हामिले नियमित रुपमा व्यायाम गर्नाले हामीलाई धेरै किसिमका फाइदा हुन्छ। व्यायाम नियमित रूपमा गर्नाले विभिन्न खाले रोगहरूबाट टाढा रहन सकिन्छ साथै सन्तुलन आहारले पनि यस्मा ठुलो भुमिका खेल्छ । म यी कुराहरुलाई सधै नियमित रुपले पालना गर्छु त्यसैले होला मलाई शारीरिक रुपमा तन्दुरुस्त देखिएको कुरा हाम्रो पुर्वपश्चिम न्युजडटकम-मा भन्नू भयो ।

कान्तिपुर म्याराथनमा आउनु भन्दा पहिले कुनै म्याराथन वा कुनै प्रतिस्पर्धा-मा जानू भाको थियो ?? :

कान्तिपुर म्याराथनमा सहभागी हुनु भन्दा पहिले म्याराथन नै भनेर चाहिँ सहभागी भाको छैन तर लगभग १-२ महिना अगाडि Kathmandu Trash Collection Race भन्ने प्रतियोगिता थियो जुन जोडीमा Trash collection गर्दै लगभग ६ कि.मि. पार गर्न पर्ने थियो त्यस्मा चाई हाम्रो धावक गोर्खा तालिम केन्द्र बाट हामी लगभग ५-६ ग्रुप गाको थियौ ।

त्यो प्रतियोगितामा जानू चै हामिले कुनै पुरस्कार-लाई भन्दा नि सामाज र धावकको सम्बन्ध अब्बल बनाउन साथै ” म बदलिन्छु अनि मेरो देश बदलिन्छ” भन्ने संकल्पका साथ Trash Collection पनि हुने र शारीरिक रुपमा तन्दुरुस्त रहन सर-सफाईको आवस्यकता चाहिने साथै हामी बेलायती सेना भर्ती हुन पूर्व प्रशिक्षण गर्दा दाैडको निकै आवश्यकता चाहिने भएको हुदा समाज सर-सफाई सङै केहि अनुभव बटुल्न सकिन्छ भन्ने मनसायले सहाभागी हुन हाम्रो तालिम केन्द्रले हामिलाइ शुझाब दिएको भएर हामी सहभागी भएको थियौ ।

Street Workout Competition मा नि सहभागी भाको कुरा वलि ज्यु ले हामिलाई जानकारी दिनु भयो ।

कान्तिपुर म्याराथन हुन गइरहेको छ भनेर कसरी थाहा पाएउ ?

मैले कान्तिपुर हाफ म्याराथन धेरै अगाडि देखि सुन्दै आएको पनि थिए साथै पाछिल्लो पटक २०७५/२०७६ को म्याराथन-मा यसै संस्थाका अध्यक्ष अजय तामाङ सर प्रथम/द्दितिय हुनु भएको थियो । त्यति बेला मलाई पनि अनुभव लिन मन थियो तर यो पल्ट भाग्यबस् समयमै मेरो संस्थाका सरहरुले जानकारी गराइदिनु भयो र यसरी मैले अरु थप कुरा थाहा पाउदै गए ।

कान्तिपुर हाफ म्याराथन ५ कि.मि. तर्फ आफुले तृतीय स्थान हासिल गर्दा कत्तिको खुसी र हासिल गर्न कत्तिको गारो हुदो रैछ”?


सर्बप्रथम म आफू तेस्रो भएर भन्दा पनि मेरो गुरुजीहरुको मुहारमा मेरो सफलताले ल्याएको त्यो खुशीले गर्दा मेरो खुसी को कुनै सिमा थिएन र अर्को कुरा ५ कि.मि. दौड कुनै सजिलो दौड होइन यस्मा स्पिड , स्टामिना, टेक्निक र आत्मबल चाहिन्छ ।

यी सबै सुत्रहरु एक्कै नाश भयो भने मात्र जित हासिल गर्न सकिन्छ जुन मैले प्रयोग गर्दै गए अन्त्यमा रिजल्ट पनि राम्रैआयो साथै अझै धेरै मेहनत गर्न बाकी छ भन्ने कुराको पनि अनुभव भयो र म अझै मेहेनत गर्नेछु भन्ने आत्मबिस्वास गर्दछु ।

काठमाडौंमा यतिधेरै पूर्व प्रशिक्षण तालिम केन्द्रहरु छन तर धावक गोर्खा तालिम केन्द्र नै रोज्नुको कारण के हो ?

धावक गोर्खाले आफ्नो भर्ती हुन जाने हरेकको शरीर मन र चरित्रका गुणहरू विकास गराउदै आजका युवा केटाहरू र केटीहरूलाई भोलिका असल र उपयोगी नागरिकहरू र जीवनका सबै क्षेत्रमा उत्कृष्ट बनाउदै लाहुरे हुन सक्षम बनाउँछ।

लाउरे भर्तीको पूर्व प्रशिक्षणको लागि आउनुहुने विद्यार्थीहरुलाई किफायती मूल्यमा उच्च गुणस्तरको शिक्षा र शारीरिक तालिमको पहुँच गर्न सक्षम बनाउने ।

शारीरिक तालिम र गुणस्तरीय शिक्षामा मापदण्डहरू निर्धारण र कायम गर्छ ।

धावकले हरेक विद्यार्थीहरुलाई ज्ञान-बुद्धि बिवेक दिदै गुणस्तरको सैद्धान्तिक शिक्षा र व्यावहारिक शिक्षा दिदै आफ्नो लक्ष्य पूरा गराउने काठमाडौं एकमात्र बिस्वासिलो तालिम केन्द्र हो ।

धावक गोर्खा तालिम केन्द्रले छोटो समयमै समुदायमा भरपर्दो तालिम केन्द्रको रूपमा आफ्नो पहिचान कमाउन सफल भएकोले

पुर्व पश्चिम न्युज डटकम भाइ रितेष वलिलाई कान्तिपुर हाफ म्याराथन ५ कि.मि. तर्फ तृतीय स्थान हासिल गर्नु भएकोमा भाईलाई धेरै-धेरै बधाई साथै भाईले बेलायती सेना भर्तिको लागि गर्दै गरेको कडा परिश्रमलाई कदर गर्दै आउदो दिनमा लाहुरे भएको हेर्न र सुन्न पाउ भन्दै पुर्व पश्चिम न्युज डटकम कामाना गर्दछौ

यदि तपाईको दाजु भाईहरु कोहि लाहुरे भर्तिको लागि तालिम केन्द्र खोज्दै हुनु हुन्छ भने धावक गोर्खा तालिम केन्द्र रोज्नुहोस काठमाडौंको निकै नै भरपर्दो तालिम केन्द्र हो ।

नयाँ भर्ना खुलेको जानकारी


लाहुरे भर्ती तालिममा ईनटेक २०२३ को लागि भर्ना खुलेको जानकारी
बेलायती सेना सिंगापुर पुलिस नेपाल आर्मी फ्रान्स आर्मी भारतीय सेना र नेपाल पुलिस पूर्व प्रशिक्षण को लागी भर्ना खुल्ला ।

किफायती मुल्यमा भर्ना गराई गुणस्तरीय शिक्षा र राम्रो अनुभवि पीटीआई गुरुजी र शिक्षक मार्फत तालिम दिईन्छ ।

स्रोत:धावक गोर्खा तालिम केन्द्र,सुबिधानगर तिनकुने
प्रकाशित: पुर्व पश्चिम न्युज डटकम

Leave a comment

Your email address will not be published.