रेष्टुरेन्ट मात्रै होइन, बैंक र सपिङ मलका शौचालयलाई पनि सार्वजनिक बनाउँदै महानगर

काठमाडौं महानगरभित्र सार्वजनिक शौचालय बनाउन चाहने व्यवसायीलाई सम्पर्क गर्न आह्वान गरेको छ।

मेयर बालेन्द्र शाहले काठमाडौंका होटल रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक गर्ने घोषणा गरेसँगै महानगरले सहकार्यको लागि सूचना जारी गरेको हो।

जेठ १६ गते काठमाडौं महानगरपालिका कार्यपालिकाको बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको थियो।

महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन’ सार्वजनिक आह्वान गरेको छ।

महानगरले इच्छुक सरोकारवाला व्यक्ति तथा निकायले सूचना प्रकाशित भएको ७ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Leave a comment

Your email address will not be published.