सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। उनीसँगै उनका पिता सलिम खानलाई पनि मार्ने भनेर धम्की आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

धम्कीपछि दुबैको सुरक्षा सर्तकता बढाइएको छ। सलमानलाई मार्ने धम्की आएपछि मुम्बई क्राइम ब्रान्चको एक टोली उनको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पुगेको बताइएकाे छ। क्राइम ब्रान्च टोलीले धम्की बारे सोधपुछ गरेको जनाएकाे छ।

५ जुनमा सलमानलाई धम्कीपूर्ण चिठी पठाएर ज्यान मार्ने धम्की दिइएको थियो। सलमानले सधैँ मर्निवाक जाने ठाउँमा चिठी भेटेका थिए।

उक्त जुन चिठीमा सलमान र सलिमलाई उनीहरुको अवस्था केही दिन अघि हत्या गरिएका पंजाबी गायक सिद्धू मुसेवाला जस्तो हुने चेतावनी दिइएको थियो।

सलमानलाई लरेन्स विश्नोइ ग्यांगले धम्की दिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
मुसेवालाको हत्यापछि नै सलमानको सुरक्षा बढाइएको थियो। सन २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोइले सलमानलाई मार्ने धम्की दिएको थियो।

Leave a comment

Your email address will not be published.