खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक दिएर ठगी गर्ने दुई महिला पक्राउ परेका छन्।
उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएका उनीहरु मंगलबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थायी ठेगाना भइ काठमाडौंको बानेश्वर बस्ने ४२ वर्षीय कविता सुब्बा र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भइ बानेश्वर बस्ने ३९ वर्षीय लिना श्रेष्ठ गिरी गरेका छन्।
कविता सुब्बालाई उच्च अदालतले २०७६ फागुन ६ गतेका दिन ५० लाख रुपैयाँ जरिवाना गरेको थियो।
यस्तै, गिरीलाई २०७६ माघ १९ गते ५४ लाख ५० हजार जरिवानाको फैसला भएको थियो।
पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।