सिसडोलमै फोहोर खसालेपछि बाटो अवरुद्ध, फोहोर पन्छ्याइँदै

बञ्चरेडाँडामा विसर्जन गर्न नपाएपछि फर्किएका ट्रकले सिसडोलमै फोहोर खसालेपछि बाटो अवरुद्ध भएको छ ।बुधबार बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नपाएपछि फर्किएका केही ट्रकले सिसडोलमै खसालेका थिए ।

ट्रकले बाटोमै फोहोर झारेपछि बाटो अवरुद्ध भएको हो । लगातार परेको पानी र फोहोरले बाटो हिलाम्मे भएको छ । डोजर लगाएर बाटो खुलाउने प्रयास भइरहेको सिसडोल प्रहरीले जनाएको छ ।

यो पनि

पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हजाराैँ यात्रु अलपत्र


वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीले दिए ।

सडक अवरुद्ध भएर सयौँ सवारीसाधन जाममा परेको र हजाराैँ यात्रुहरू अलपत्र परेकाे सवारी चालक राजु बस्नेतले जानकारी दिए । सडक खुलाउने तयारी नभएको भन्दै बस्नेतले यात्रुहरू तनावमा रहेकाे बताए ।

पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.