महिला कर्मचारीलाई ९८ दिन तलबसहित सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको आग्रह

महिला कर्मचारीलाई ९८ दिन तलबसहित सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको आग्रह

महिला कर्मचारीलाई ९८ दिन तलबसहित सुत्केरी बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

महिला कर्मचारीलाई सुत्केरी हुनु, अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा दिन मन्त्रालयले आग्रह गरेको हो ।

विभिन्न कार्यालयहरूमा प्रसूति बिदा दिइने सन्दर्भमा सुत्केरी बिदा नदिइएका गुनासो आउन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हाे ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले निजी, सरकारी, गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई प्रसूति बिदा दिनुपर्ने व्यवस्था गरेको छ ।


यो खबर शिलापत्रमा प्रकाशित छ

यो पनि

सेयरबजारमा दुई कम्पनीका लगानीकर्ताले मात्रै कमाए


सेयरबजारमा आज गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.५८ अंकले र सेन्सिटिभ सूचक ३.९९ अंकले घटेको हो।

आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्। तिनीहरुको १ अर्ब ४७ करोड रुपैयाँको ४१ लाख कित्ता बिक्री भएको हो।बिहीबार १३ वटै उपसूचक राताम्य छन्।

आज उपकार लघुवित्त र बलेफी हाइड्रोका सेयरधनीले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले औसत दरमा आम्दानी गरेका छन्।

लगानीकर्ताले बिहीबारको कारोबारमा ६.६१ प्रतिशतसम्म गुमाउनुपरेको छ।

आज कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। यसमा ६ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको हो।

Leave a comment

Your email address will not be published.