काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

काठमाडाैं उपत्यकासहितका स्थानमा शनिबार सबेरै बिहान भूकम्पको कडा धक्का महसुस भएको छ।

बिहान २ बजेेर ३६ मिनेटमा काठमाडाैं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो।
रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।

२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्।

अपडेट
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्र नै रहेको जनाएको छ।

४‍‍.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ। उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौंमा कडा धक्का महसुस भएको हो।

यो पनि पढ्नुहाेस

भीरबाट लडेको अवस्थामा महिलाको शव फेला

दोलखाको तामाकोशी गाउँपालिका–७ हाँवामा एक महिलाको शव फेला परेको छ।

शुक्रबार सोही ठाउँको नेपाने गाउँ निवासी ५१ वर्षीया मानकुमारी सुनुवारको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार उनी बिहीबार साँझदेखि घरबाट हराएकी थिइन्। उनको चुरेभीरबाट लडेको कारण मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ। भीरबाट हाम फाल्दा उनको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Leave a comment

Your email address will not be published.