एसियन कप छनोटमा आज कुवेतसँग खेल्दै नेपाल

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत शनिबार नेपालले आयोजक कुवेतको सामना गर्दै छ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ।

बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।

आयोजक कुवेत पनि पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ। कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको जोर्डन र दोस्रो स्थानमा रहेको इन्डोनेसियाले ३/३ अंक हात पारेका छन् ।

यो पनि पढ्नुहाेस

पछिल्लो २४ घण्टामा कहाँ कति पानी पर्‍यो?

विगत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा ताप्लेजुङमा भएको छ। ताप्लेजुङपछि दोलखाको जिरीमा धेरै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस अवधिमा ताप्लेजुङमा ३८ दशमलव ८ मिलिलिटर वर्षा भएको छ। त्यसैगरी जिरीमा ३२ मिलिलिटर वर्षा भएको छ।

यस अवधिमा लुम्लेमा १८ दशमलव १, पोखरामा २ दशमलव ४, धनकुटामा २ र काठमाडौंमा १ दशमलव १ मिलिलिटर वर्षा भएको छ।

आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान महाशाखाले गरेको छ।

महाशाखाले विपदजन्य घटनाबाट जोगिनको लागि आवश्यक सतर्कता अपनाउन पनि सबैमा अनुरोध छ।

Leave a comment

Your email address will not be published.