मेहन्दीको रंगमा रङ्गिदै गायिका इन्दिरा जोशी

गायिका इन्दिरा जोशीले आफ्ना प्रेमीसँग इन्गेज्मेन्ट गरेको लामो समय भइसक्यो।

इन्गेज्मेन्ट र उनका प्रेमीले राखेको प्रेम प्रस्ताव एकताका निकै चर्चित बन्यो।

उनका प्रेमी सरद केडाइले प्रेम प्रस्तावका लागि नै हेलिकप्टरमा लगेका थिए।

त्यसपछि इन्गेज्मेन्ट गरेकी इन्दिराले विवाहको तयारी गरेकी छिन्।

इन्दिरा र सरदको विवाह अघि गरिने मेहेन्दीको फोटो सार्वजनिक भएको छ।

सार्वजनिक तस्बिरमा इन्दिरा र सरद दुवै खुशी देखिएका छन्।

लक्की ड्रका विजेतालाई मोटरहेडले हस्तान्तरण गर्‍यो पुरस्कार राशीको चेक

मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले लक्की ड्रमार्फत विजेताहरुलाई एक समारोहको बीच चेक हस्तान्तरण गरेको छ।

कम्पनीले आफ्नो दशैं-तिहार-छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको थियो ।

उक्त अफरमा मोटरहेडका एमएच–१५०आर खरिद गरेका काठमाडौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख जितेका छन्।

त्यस्तै ५० हजार रुपैयाँका विजेता रुकुम घर भई हाल काठमाडौं बसोबास गर्दै आएका दया बुढा मगर र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले .२५ हजार जितेका थिए।

मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल टेक्कन आर२५० र स्क्राम्बलर खरिद गरेका थिए। उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एसएल आर टेक्नो एण्ड ट्रेड प्रालिका निर्देशक सुगम घिमिरेले गरेका थिए।

हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्राच गरी १ लाख रुपैयाँसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत २ लाख ७ हजार ९ सय रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ।

यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यकाभित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा छ।

Leave a comment

Your email address will not be published.