चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुला

चालक अनुमति पत्रमा वर्ग थपका लागि आवेदन खुला

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुला गरेको छ।

विभागले सूचना जारी गर्दै वर्ग थपका लागि आवेदन खुला गरिएको जनाएको हो।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुला गरेको छ।

यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।

विभागको सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले सूचना जारी गर्दै वर्ग थप गर्न समेत अब अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।

यो पनि

झलारी बजारमा चार दिनदेखि टेलिकमको सेवा अवरुद्ध

शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ।टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ। अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो। टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ।

अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिए। सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन्। अप्टिकल ब्रेक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले जानकारी दिए।

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ।

अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन्।टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए ।

Leave a comment

Your email address will not be published.