बैंकहरु असार १ देखि पूर्ववत् समयमै खुल्ने, दुई दिने विदा खारेज

सरकारले दुई दिने विदासम्बन्धी व्यवस्था खारेज गरेसँगै नेपाल राष्ट्र बैंकले पनि वैशाख २८ देखि लागू गरेको उक्त व्यवस्था खारेज गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गरी उक्त जानकारी दिएको हो।

यसअनुसार केन्द्रीय बैंकले इजाजत दिएका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड असार १ देखि पूर्ववत् अवस्थामै खुल्नेछन्।

यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोअनुसार जेठ १ देखि उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो।

बैंक तथा वित्तीय संस्थालगायतले पनि सरकारी निर्णयअनुसार नै कार्यालय सञ्चालन गर्दै आएका थिए।

तर आइतबार पनि विदा दिने व्यवस्था खासै प्रभावकारी नभएको ठहर गर्दै जेठ २३ गते मन्त्रिपरिषद् बैठकले आइतबारको विदा खारेज गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचनामार्फत पूर्ववत् समय कायम भएको जनाएको हो।

Leave a comment

Your email address will not be published.