आदर्श लघुवित्तको साधारण सेयर खुल्यो, कति भर्ने?

आदर्श लघुवित्तको साधारण सेयर (आईपीओ) आजदेखि निष्काशन भएको छ।

कम्पनीले ६२ हजार ६ सय १५ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो।

निष्काशित सेयरको प्रतिकित्ता मूल्य एक सय रुपैयाँ रहेको छ। कुल ६७ हजार कित्तामध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ३ हजार ३ सय ५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरी बाँकी रहने सेयर निष्काशन गरिएको हो।

कम्पनीका सेयरको बिक्रीप्रबन्ध भने बीओके क्यापिटल मार्केटले गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि सेयर भर्न पाउनेछन्।

इच्छुक लगानीकर्ताले आजदेखि ६ गतेसम्म आवेदन दिन पाउनेछन् भने ढिलोमा १५ गतेको मिति तोकिएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी आव २०७५, ०७६ र ०७७ मा क्रमशः १२.३७, ७.२७ र ५.१३ रुपैयाँ रहेको छ। आव ०७८ मा यस्तो आम्दानी २०.६० हुने प्रक्षेपण छ।

Leave a comment

Your email address will not be published.