बुद्ध एयरले माग्यो यात्रुसँग माफी, आगामी दिनमा उडान सेवा अवरुद्ध नहुने

बुद्ध एयरले यात्रुसँग माफी मागेको छ। बुद्धले आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय नभएको भन्दै माफी मागेको हो।

बुद्ध एयरले आत्मालोचना गर्दै आगामी दिनमा एयरलाइन्सको कारणले उडान सेवा अवरुद्ध नहुने बताएको छ।

वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीको जीविकोपार्जन थलो हो। हाम्रो आन्तरिक समस्याको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौँ’, बुद्ध एयरले भनेको छ।

बुद्ध एयरका सबै उडान ११ बजेबाट सुचारु भएका छन्।

हाल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ। धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको आजको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था छ ।

नागरिक उड्डयन प्राधिकरणले सोही अनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरुको संख्या बढाउने आश्वासन प्राप्त भएको छ। यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ,’ बुद्ध एयरले भनेको छ।

मंगलबार वायुसेवा सञ्चालक संघले प्राधिकरणले दमनकारी नीति लिएको भन्दै बुधबारबाट सबै उडान स्थगन गर्ने बताएको थियो। तर राति नै प्राधिकरणसँगको वार्ता गर्दै जाने र उडान सुचारु गर्ने सहमति भएको थियो।

Leave a comment

Your email address will not be published.