बालेनको नयाँ शिक्षा नीतिः निजी स्कुलका मालिक तनावमा, विद्यार्थीका अभिभावक त्रासमा

काठमाडौँ — काठमाडौं महानगरपालिकामा नयाँ प्रमुखको ईन्ट्री भएपछि विचौलिया र भ्रष्टहरुको निद हराम नै भएको छ । हरेक क्षेत्रमा रहेका विकृति विसङ्गती हटाउन तल्लीन बालेनले नयाँ नयाँ योजना ल्याइरहेका हुन् ।

यसैबीच, बालेनको नेतृत्वमा महानगरले निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । यो खबर बाहिरिएपछि निजी स्कुलका मालिकह्ररु तनावमा छन् भने ती विद्यालयमा पढ्ने विद्यार्थीहरु त्रसित बनेका छन् ।

महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए । साहको यो घोषणापछि निजी स्कुलका मालिकले शुल्क बढाउने भए भन्दै अभिभावकहरु त्रसित बनेका छन् भने शुल्क बढाउन नदिई केही प्रतिशत महानगरले लिनेभयो भन्दै स्कुल व्यावसायी तनावमा छन् ।

आगामी आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए । यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए ।

महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए । स्थागत विद्यालयको शुल्क पुनःनिर्धारण गरेर वैज्ञानिक ढंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ ।

दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ । यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए । यस्तै, काठमाडौं महानगरपालिकाले महानगर जनस्वास्थ्य ऐन जारी गर्ने, सहरी स्वास्थ्य केन्द्र बनाउने, नियमित स्वास्थ्य जाँच गरिने बताए ।

Leave a comment

Your email address will not be published.