फेसबुकमा बाँच्न गाह्रो छ लेखेकी दोहोरी गायिका दिलमाया मृत भेटिइन्

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृता फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । सुनार लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् ।

बढ्यो सुन र चाँदीको भाउ


नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a comment

Your email address will not be published.