काठमाडौंका कोर एरियामा नै हैजाले तहल्का मच्चाएपछि महागरपालिका उत्रियो एक्सनमा

काठमाडौं । काठमाडौंमा हैजाले तहल्का मच्चाएको खबर छ । राजधानी समेत रहेको काठमाडौंमा हैजाको प्रकोप बढ्नुलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाएका हुन् ।

केही दिनयता काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्म उपत्यकाका १२ जना व्यक्तिमा हैजा संक्रमण पुष्टी भएको छ।

महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार उपत्यकाका ९ वटा ठाउँमा हैजा संक्रमण भेटिएको छ। जसमा बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बोहोराटार, बल्खु, थानकोट र नैकाप छन्।

यसैबीच, महानगरपालिका एक्सनमा उत्रिएको छ । उसले एक निर्देशन जारी गरेको छ । हैजाको जोखिम बढेपछि काठमाडौं महानगरले पानी राम्ररी उमालेर मात्र पिउन आग्रह गरेको छ ।

साथै महागरले स्वास्थ्यमा केही गडबडी देखिए स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरेर सावधानी अपनाउन भनेको छ । ठाउँ ठाउँमा हैजाको जोखिम देखिएकाले जुन स्रोतबाट प्राप्त भएको भएपनि पिउने पानी राम्ररी उमालेर मात्रै पिउने गर्नुहोला ।

स्वास्थ्यमा केही गडबडी देखिएको भए स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरेर सावधानी अपनाउनुहोला । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता गर्ने छैन । महानगरले आफ्नो तर्फबाट गर्नु पर्ने कामहरू अगाडि बढाइरहेको जानकारी गराउँदछौँ, महानगरले भनेको छ ।

Leave a comment

Your email address will not be published.