सामान किन्दा ठगिएजस्ताे लाग्याे ? ११३७ मा फाेन गर्नुहाेस्

सामान किन्दा ठगिएजस्ताे लाग्याे ? ११३७ मा फाेन गर्नुहाेस्

वाणिज्य तथा आपूर्ति संरक्षण विभागले जथाभाबी मूल्यवृद्धि गर्नेलाई स्थलगत कारबाहीको चेतावनी दिएको छ ।

अहिले रुस–युक्रेन युद्धलाई देखाएर व्यापारीहरूले जथाभाबी भाउ बढाएका छन् । विगतमा पेट्रोलको मूल्य अधिक बढे पनि अब भने सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएकाले बजार अनुगमनमा कडाइ गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद सिटाैलाको दाबी छ ।

विभागले आइतबारदेखि नै जथाभावी भइरहेको मूल्यवृद्धिलाई नियन्त्रणमा लिन अनुगमन टोलीको सङ्ख्या बढाएर बजार अनुगमन गरिरहेकाे निर्देशक हरिप्रसाद पंगेनीले बताए । त्यसका लागि जनशक्ति पनि थपिएको छ ।

अहिले हेरक दिन विभागका तीन–चार टोली बजार अनुगमनमा खटिएका छन् । अब यसमा थप दुई–तीन टोली थपेर अनुगमनलाई बढाउने उनले बताए ।

विभागले आफू ठगिएको जस्तो लागे विभागको ११३७ नम्बरमा तुरुन्तै फोन गर्न सक्ने व्यवस्था मिलाएको छ ।

Leave a comment

Your email address will not be published.