मनसुनका कारण काठमाडौंसहित ७२ जिल्ला प्रभावित हुने अनुमान, एपीएफले राख्यो १० ठाउँमा उद्धार टोली

sf9f gbL k'm6]kl5 ufpF 8'afg 6Lsfk'/, !% c;f/M s}nfnLsf] ehgL gu/kflnsf –*, s[i0fgu/l:yt sf9f gbL km'6]/ ufpF 8'afg . cfp;] bdfOsf] 3/ glhs} gbL km'6]sfn] oxfFsf bh{gf}F 3/ 8'afgdf k/]sf 5g . tl:a/ M b'uf{ b]jsf]6f÷/f;;

सशस्त्र प्रहरी बलले यस वर्षको मनसुनका कारण उत्पन्न हुने विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तैयारी अवस्थामा राखेको छ । त्यसका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थान तालिम केन्द्र कुरिनटारमा निरन्तर तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

२ हजार ३४ जना तालिम प्राप्त जनशक्ति उद्धारका लगि विभिन्न ठाउँमा समेत खटिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । जसमध्ये उपत्यकामा उत्पन्न हुन सक्ने जोखिमका लागि सशस्त्रले सिनामंगलस्थित २० नम्बर गण र मुख्यालयबाट नै परिचालन हुनेगरी दुईवटा तालिमप्राप्त टोली राखेको छ ।

त्योबाहेक सातवटै प्रदेशको सदरमुकाममा समेत तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ । प्रदेश– १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार र काठमाडाैं उपत्यका, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको शमशेरगंज र सुदूपश्चिम प्रदेशको कैलालीमा उद्धार सामग्रीहरूसहित सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोली राखिएको छ ।

दक्ष जनशक्तिबाहेक अन्य सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई समेत मनसुनलाई मध्यनजर गरेर बाढी, पहिरो, डुबानजस्ता घटनाकाे उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

सशस्त्र प्रहरी बलबाहेक मनसुनको समयमा हुने जोखिमलाई मध्यनजर गरेर नेपाल प्रहरी र नेपाली सेना पनि तयारी अवस्थामा रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्यनअनुसार यस वर्ष मनसुनका कारण २० लाख मानिस प्रभावित हुने आकलन गरिएको छ ।

देशमा २३ जेठबाट मनसुन सक्रिय छ । कुल प्रभावितमध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने प्रक्षेपण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार प्राधिकरणले यस वर्ष २२ जिल्ला पहिरो र २३ जिल्लालाई बाढीको जोखिममा राखेको छ । ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा छन् ।

त्यस्तै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, दाङ, सुर्खेत, चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, झापा, मोरङ र सुनसरीलाई बाढीको उच्च जोखिममा राखिएको छ ।

यीसहित कुल ७२ जिल्ला बाढी र पहिराेकाे जाेखिममा रहेकाे प्राधिकरणकाे भनाइ छ ।

विगतमा आउने बाढी पहिरो र मौसम पूर्वानुमानका आधारमा प्राधिकरणले जोखिमयुक्त जिल्लाहरू घोषणा गरेको हो । यो वर्ष केही जिल्लामा अत्यधिक पानी पर्ने आकलन प्राधिकरणको छ । गृह मन्त्रालयले विपद् प्रतिकार्य योजनासहित राहत र उद्धारको तयारी पनि गरेको छ । गृह मन्त्रालयअन्तगर्तको प्राधिकरणले समेत यो वर्ष उद्धारमा स्वयंसेवक परिचालन गर्ने जनाएको छ । त्यसका लागि स्थानीय तहमा युवाहरूलाई तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ०७४ आएपछि सरकारले प्राधिकरण गठन गरेर विपद् व्यवस्थापनबारे काम गरिरहेको छ । विपद् व्यवस्थापन प्राधिकरणले चार जिल्लामा पूर्वसूचना प्रणालीबारे ‘पाइलट प्रोजेक्ट’ सञ्चालन गरिरहेको छ ।

बाग्लुङ, रसुवा, म्याग्दी र सिन्धुपाल्चोक जिल्लाका १७ वटा स्थानीय तहमा त्यस्तो सूचना प्रणाली सञ्चालन गरिएको छ । सो सूचनाका आधारमा सम्पर्क व्यक्तिहरूले माइकिङ र साइरन बजाएर सम्भावित बाढी र पहिरोबाट सजग रहन स्थानीयलाई जानकारी गराउन सहजीकरण हुनेछ ।

काठमाडौंकै तीन क्षेत्र जोखिममा

प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटा नदी किनाराका बस्तीलाई जोखिममा राखेको छ । बागमती किनारको सुकम्बासी बस्ती र विष्णुमती किनार क्षेत्र डुबानको जोखिममा राखेको हो ।

त्यस्तै, मनोहरा खोला किनारमा रहेको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रसमेत डुबानको जोखिममा छ । यीबाहेक टुकुचा र धोवीखोलाले पनि केही जोखिम पार्ने आकलन प्राधिकरणको छ ।

प्राधिकरणको तथ्यांकअनुसार वैशाखयता मात्रै ३५ ठाउँमा पहिरो गएको छ भने सोही पहिरोकै कारण १० जनाको मृत्यु र १३ ठाउँमा आएको बाढीका कारण तीन जनाले ज्यान गुमाएका छन् ।

Leave a comment

Your email address will not be published.