रुपन्देहीको सैनामैनामा ३० वर्षे युवा मृत फेला

रुपन्देहीको सैनामैना नगरपालिका १ बोलबम मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्गदेखि करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेका अनुसार बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना–४ सदवोदराका ३० वर्षीय दिपक कुमालको बाटोमा लडेर मृत्यु भएको हो । घटनाको प्रकृति हेर्दा आफै अनियन्त्रित भई सडक छेउमा लडेको देखिएको र उनको निधारमा सामान्य चोट समेत लागेको लामिछानेले बताए ।

शव पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

सैनामैना–४ मा घर भएका उनी सैनामैनाकै वार्ड नम्बर–१ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ करिब ९–१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनीबीच बाटोमा समेत थप मदिरा सेवन गर्दा घटना घटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । परिवारले रातको करिब १२–१ बजेको समयमा सम्पर्क गर्दासम्म उनलाई फोन लागेको थियो ।

उता, तिलोत्तमाको मणिग्राममा घाइते भई वेवारिसे अवस्थामा भेटिएका एक पुरुषको आज विहान मृत्यु भएको छ । सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषलाई स्थानीयले उद्धार गरी क्रिमसन अस्पताल मणिग्राम लगेका थिए । उक्त अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीका अनुसार उपचारकै क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको छ । सडकमा मागी खानेजस्तो देखिने ती पुरुषको अन्य परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published.