दक्षिण कोरियामा १३ नेपाली कामदार पक्राउ

दक्षिण कोरियामा अवैध रूपमा काम गरिरहेका १३ नेपाली पक्राउ परेका छन्।

त्यहाँको अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैरकानुनी रुपमा काम गरेको आरोपमा १३ नेपालीलाई पक्राउ गरेको हाे।

पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८) को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरेको तथा बाँकी नौ जनाको भिसा अवधि सकिएको पाइएकाे दक्षिण कोरियामा कार्यरत पत्रकार गुरुदत्त न्यौपानेले नेपालखबरलाई जानकारी दिए। पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाउन नमिल्ने उनले बताए।

उनीहरू आनसङ सी तथा ख्यङ्गिदोमा एक कम्पनीमा कार्यरत थिए। अवैध रूपमा आफ्नो कार्यस्थल छोडेका विदेशीहरूलाई काममा राख्ने कम्पनीलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

यो पनि

झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ।

स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन्।

विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए। हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए।

Leave a comment

Your email address will not be published.