कोरोना खोप लगाएको कार्ड हरायो? के गर्ने? यस्तो छ उपाय

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थलमा हिँडडुल गर्नसमेत कोरोना भाइरसविरुद्धको खोप लगाएकाे कार्ड अनिवार्य गरेको छ। जसले गर्दा यसकाे महत्त्व अब पाइलापाइलामा हुने देखिएकाे छ।

कोरोनाविरुद्ध खोप नलगाएका व्यक्तिलाई सार्वजनिक स्थानमा हिँडडुल गर्न बन्देज!

अहिले जारी बुस्टर डाेज खाेप लगाउन पनि पहिले खाेप लिएकाे कार्ड चाहिन्छ। तर कार्ड हरायाे के गर्ने?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप कार्ड हराएमा त्यसको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएकाे छ।

मन्त्रालयले सूचना जारी गरी खाेप कार्ड हराएमा ३ तरिकाबाट प्रतिलिपि लिन सकिने जानकारी गराएकाे हाे।

पहिलो – दुवै मात्रा खोप लगाइसकेकाे भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ।

​दोस्रो – जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ।

तेस्रो – पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ।

हेर्नुहाेस् सूचना

Leave a comment

Your email address will not be published.