फेरि अर्को नया खबर हामिले फेसबुक गुरुप बाट प्राप्त गरेका छौ । त्यो खबर हामिले फेसबुक ग्रुप मा भेटेका छौ । त्यो ग्रुप मा पोस्ट गरेको आईडी हेर्दा फेक जस्तो पनि देखिन्छ । त्यो फेसबुक आईडिको नाम चै हाम्रो अर्घाखाँची भनेर आईडी मा लेखेको थियो । हामिले सोही पोस्ट हेडलाईन बनाएर हजुर सामु देखाउन खोजेका हौ भने फोटो गुगल बाट बनाएका हौ ।
यो पनि
केही दिनदेखि सानुकान्छा महर्जन ललितपुरस्थित किष्ट मेडिकल कलेजमा बिरामी कुरूवा बसिरहेका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर बस्ने उनी श्रीमती राधा र साला हरिगोपाल प्रजापतिको कुरूवा बसेका हुन्।
राधाको बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिएको हो। शंखरापुर नगरपालिका-६ साँखुका भाइ हरिगोपालले राधालाई मिर्गौला दिएका हुन्। उनको मिर्गौला प्रत्यारोपण गरेपछि सानुकान्छा अहिले ढुक्क छन्। धेरैपछि खुसी पनि छन्। राधाको मिर्गौला प्रत्यारोपण गर्न उनलाई सहज भने भएको थिएन।
राधा र हरिगोपाल एकै आमाबुवाका सन्तान हुन्। भाइले आफ्नै दिदीलाई मिर्गौला दिन चिकित्सकले हुन्छ भने पनि उनीहरूको नागरिकता बाधक बनेको हो।
राधा सुगरकी बिरामी थिइन्। उनलाई सुगर भएको १८ वर्षभन्दा बढी भइसकेको थियो। त्यसैबीच २०७६ चैत ११ गते लकडाउन भयो। कोरोना भाइरसको महामारीले देश नै ठप्प बनेपछि राधाको उपचारमा पनि असर पर्यो