भारतबाट नेपाल घुम्न आएको एक परि’वारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो ब’ज्रपात भएको छ। महा’राष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आ’इतबार दिउँसो साढे ११ बजे काठ’माडौंको बल्खु आइपुगेको थियो। वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दु’र्घटनामा परे
परिवारका दुई जना स’दस्य ३२ वर्षीया यो’गिता बन्सुर र उनका पाँच वर्षीय छोरा आ’युषलाई बा१३च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।
दुवैलाई नजिकै बयोधा अस्पताल लगियो। उपचार क्र’ममा आयुषको मृत्यु भयो। योगि’ताको बायाँ खुट्टामा चोट लागेको छ। उनी आइ’सियूमा उपचाररत छिन्। उनीहरू भारतको बो’धगयासहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्र’बाट निस्केका थिए।
हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरासहित सात जना बोधगया, बुद्धको जन्म’स्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले सेतोपाटीसँग भने, ‘हामी पहि’लोपटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’
महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइतबार बिहानै वी’रगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए। सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारिदिएको थियो। काठमाडौं ओर्लेपछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।
‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडीबाट केही पाइला अगाडि बढ्नेबित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमाछोरा लडे। बाबुलाई गाडीले माथि’बाटै किच्यो।’ ओरालो बाटोमा आइरहेको भ्यानले ब्रे’क लगाउँदा लगाउँदै पनि नियन्त्रण गर्न नसकेको उनले बताए।
आश्विनले रगताम्मे छोरालाई भुइँबाट उठाएर सोधखोज गर्दै बयोधा अस्पतालको आकस्मिक कक्ष पुर्याए। उनको पछि पछि ज्वाइँ र भिनाजुले घाइते योगितालाई पनि अस्पताल लगे। उपचार क्रममा दिउँसै आयुषको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए।